धनगढी: डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ४९ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको छ।



अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका २६ जना, बैतडीका २१ जना र दार्चुलाका २ जनामा संक्रमण पुष्टि भएको बताए।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका २३ जना र बझाङकै केदारस्युँ गाउँपालिकाका ३ जना, बैतडीको पाटन नगरपालिकाका १८ जना, सोही जिल्लाको दोगडाकेदार गाउँपालिकाका २ जना, बैतडीकै सुर्नया गाउँपालिकाका एक जना र दार्चुलाको महाकाली नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो
Views: 183

























