२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

सुदूरपश्चिममा चार महिनामा सवारी दुर्घटनामा ६२ जनाको मृत्यु, ७९५ घाइते

धनगढी – सुदूरपश्चिम प्रदेशमा पछिल्लो चार महिनामा भएका सवारी दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म भएका विभिन्न सवारी दुर्घटनामा ६२ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार प्रदेशभर भएका दुर्घटनामा अन्य सात सय ९५ जना घाइते भएका छन् । उनीहरू मध्ये चार सय ३० जना भने गम्भीर अवस्थाका घाइते रहेका छन् ।

ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले चार महिनामा साना तथा ठूला गरेर पाँच ७९ सवारीसाधन दुर्घटनामा परेको तथ्यांक रहेको बताए । उनकाअनुसार ती दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा धेरै पुरूष रहेका छन् ।

दुर्घटनामा परेर ४३ जना पुरूषको मृत्यु हुँदा १६ महिला र तीन बालबालिका रहेको डीएसपी जोराले बताए । गम्भीर घाइते भएका चार सय ३० जना मध्ये दुई सय ७७ पुरूष, ९६ महिला, ३३ बालक र २४ बालिका छन् ।

सामान्य घाइते तर्फ समेत पुरूषकै संख्या बढि देखिन्छ । दुई सय ५० पुरूष, ७१ महिला, २७ बालक र १७ बालिका रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

मोटरसाइकल सबैभन्दा धेरै दुर्घटना

चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा भएका सवारी दुर्घटनामा सबैभन्दा बढि मोटरसाइकल रहेका छन् । प्रदेश ट्राफिक प्रहरीको तथ्यांकअनुसार पाँच सय ७९ सवारीसाधन मध्ये तीन सय ३७ मोटरसाइकल मात्र दुर्घटना भएका छन् ।

यस्तै, जीप र कार ६६, अटो, टेम्पो ४७ वटा, २१ वटा बस, १९ वटा ट्याक्टर, माइक्रो १३ र ९९ वटा अन्य सवारीसाधन रहेका छन् । साउनमा सबैभन्दा धेरै एक सय ७५, असोजमा एक सय ५४, भदौमा एक सय ३८ र कात्तिकमा एक सय १२ सवारीसाधन दुर्घटना भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले ९० प्रतिशत सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको पाइएको बताए ।

विगतमा सवारीसाधनको यान्त्रिक गडबडीका कारण हुने दुर्घटनामा भने कमी आएको बताउदै उनले तराई क्षेत्रमा छाडा चौपाया र पहाडमा कच्ची सडक प्रमुख कारणका रूपमा रहेको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।