डडेल्धुरा( दिपक राज भट्ट)- डडेल्धुराको गन्यापधुरा गाउँपालिका– २ का नरेश कार्किले गाउँमै करिब २० लाख लगानीमा कृषि तथा पशुपंक्षी फर्म संञ्चालनमा ल्याएका छन् । उनी उमेरले ४५ बर्षका पुगेका छन् । उनले गाउँपालिका सदरमुकाम नजिकै रहेको सुतार गाउँमा जमिन आफ्नो र आफ्न्तहरुको सहयोगमा लिएर ५० रोपनीमा कृषि खेती, कुखुरा पालन, बंगुर पालन, भैसी पालन गरेका छन् । उनले गत सिजनमा मात्र २ सया ६० क्न्टिल आलु बिकिृ गरे ।
उनले फर्म संञ्चालनमा ल्याएको ११ महिना पुगेको छ । उनी फर्ममा आलु, काउली टामाटर, मुला, धनिया, पिडालु आदि व्यवसायिक रुपमै लगाउने गरेको बताउछन् ।
१३ बर्षको बिदेशको अनुभभवले गाउँमै केहिगर्ने सोच पलायोः
उनी ५ बर्ष कतार र ८ बर्ष मलेसियामा रोजगारीका लागि गएका थिए । उनले बिशेषको यात्रा सकाएपछि उनी बिदेशबाट घरमा आउने वित्तिकै गाउँमै फर्म संञ्चालन गरे । उनी भन्छनः बिदेमा बस्दा मलेसियाका र्फमहरु देखे र म मा ईच्छा जाग्यो मैले यहाँ आउने वित्तिकै काम सुरु गरे । मेहेनत गर्ने हो भने बिदेशको भन्दा राम्रो कमाई गाउँमै गर्न सकिन्छ ।
परदेशमा १३ वर्ष पसिना बगाएका डडेल्धुराको गन्यापधुरा–२ सुतारगाँउका नरेश कार्की आज गाउँमै आत्मनिर्भर किसान बनेका छन्। कार्यालयहरुको सहयोगले थप उर्जा दियोः आलु सुपरजोन डडेल्धुराले र्फमको १ किलोमिटर दुरी घरेवार गरिदियो , यसमा पालिकाले पनि सहयोग गर्यो, गन्यापधुरा गाउँपालिकाको प्राविधिक तथा सामग्री सहयोगले मलाई शुरुवातमै ठूलो बल मिलेको छ। ११ महिनाको छोटो अवधिमै २० लाखभन्दा बढी लगानी गरी फर्मलाई व्यवस्थित आकार दिन उनले अहोरात्र मेहनत गरिरहेका छन्।



संघर्ष र सिकाइ
“परदेशमा मसँग सीप थियो, तर आफ्नो माटोमा मैले धेरै ढिला आएँ। अहिले लाग्छ, पहिले नै फर्किएको भए अझ बढी गर्न सक्थेँ।”
तातो घाममा खेतमा काम गर्नु, बिहान–साँझ पशुहरूसँग चस्सिनु, बजार व्यवस्थापन, रोगव्याधि नियन्त्रण—यी सबै उहाँका दैनन्दिनका चुनौती हुन्।
तर नरेश कहिल्यै हतास हुँदैनन्।
उनी थप्छन्—
“कति गाह्रो भए पनि आफ्नै देशमा पसिना बगाउनु बेग्लै खुसी हो।”गाउँमा रोजगारी सिर्जना ,हाल उनको फार्मले स्थानीय युवालाई रोजगार दिएको छ। गाउँमा आत्मनिर्भरता बढाउन यो एउटा उत्कृष्ट उदाहरण बनेको स्थानीयहरू बताउँछन्।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोसः

























