डडेल्धुराः हाल ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा सक्रिय भूमिका खेल्ने तयारी स्वरूप पुनर्गठित उज्यालो नेपाल पार्टीमा डडेल्धुराका प्रदेश सभा सदस्य डा. तारा जोशी पनि समावेश भएका छन्।
साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा दर्ता भएको उज्यालो नेपाल पार्टीले पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गर्दै अध्यावधिक विवरण निर्वाचन आयोगमा बुझाएको छ।
डडेल्धुरा प्रदेश सभा– ख मा तत्कालीन समयमा समाजवादी पार्टि बाट टिकक नपाउने संकेत देखिएपछि डा. तारा जोशीले स्वतन्त्र उमेदवारी दिएका थिए । स्वतन्त्र उमेदवारी बाट निर्वाचित भएका तारा जोशी उज्यालो पार्टिमा समावेश भएका छन् ।
कुलमान नेतृत्वको दलले आयोगमा बुझाएको केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची जोशी २ नंम्बरमा सिफारिस भएका छन् । जोशी पार्टिमा समावेश भए सँगै डडेल्धुराका आम नागरिकमा चासो बढेकोछ ।





























