काठमाडौँ – जिल्ला प्रशासन कार्यालय गोरखाले जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण गर्ने भएको छ । कार्यालयले आज सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका आठ जना जिल्लावासीलाई परिचयपत्र वितरण गर्ने जनाएको हो ।



घाइतेलाई स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट प्राप्त भैपरी खर्चबापतको जनही २० हजारसमेत वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । जेन जेड आन्दोलनका क्रममा गोरखाका सन्तोष गुरुङ, सुजित थापा, रोशन रेग्मी, अर्जुन भट्ट, सन्जिता गुरुङ, ध्रुव परियार, कुमार अधिकारी र दिवसबाबु श्रेष्ठ घाइते भएका थिए

“सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूलाई पछि नीति बनाएर सेवा सुविधा दिन सक्छ भनेर अहिले घाइते परिचयपत्र वितरण गर्न लागेका हौँ”, सहायक प्रजिअ बरालले भने ।
Views: 270

























