२०८२ चैत्र ३० सोमबार
२०८२ चैत्र ३० सोमबार

सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी लुटियो

धनगढी – सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने गाडी लुटिएको खबर सार्वजनिक भएको छ। डिन जोशीले चढ्ने बा २ झ २८५९ नम्बरको सेतो स्कारपियो गाडी गत भदौ २५ गते लुटिएको खबर अहिले आएर सार्वजनिक भएको हो।
डाक्टर जोशीको निजी निवास धनगढी उपमहानगरपालिका–५, हसनपुरबाट भदौ २५ गते दिउँसो करिब १२ बजे मुखमा मास्क लगाएका आठजनाको समूहले गाडी लुटेर लगेका हुन्।

घटना लगत्तै डाक्टर जोशीले कैलाली जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएका थिए। कैलाली प्रहरीले उक्त घटना “योजनाबद्ध र असामान्य प्रकृतिको” भएको बताएको छ। गाडी लुट्ने समूहको अहिलेसम्म पहिचान खुल्न सकेको छैन भने गाडी पनि फेला नपरेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।