२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

डडेलधुराको आलितालमा पहिरोले ३५ परिवार विस्थापित

यसपालि पनि साउन १८ यता निरन्तरजसो पहिरो खसिरहेको छ । स्थानीयका घरसँगै अन्नपात, लत्ताकपडा र अन्य सामान पनि पुरिएका छन् । ‘पीडितसँग खान–लाउन पनि केही बाँकी छैन,’ बलचौरका अमरसिंह धामीले भने, ‘गाउँमै रहेका परिवारले पनि त्रासमा बाँच्नुपरेको छ । सामुदायिक वनमा बसोबास गर्दै आएकाहरू पनि कुन बेला के हुने हो भन्ने त्रासमा छन् ।’ उनका अनुसार बालबालिका र वृद्धवृद्धा बढी समस्यामा छन् ।

भदौ ३ यता गएको पहिरोका कारण ३५ परिवारले गाउँ छोडेर जंगलमा बस्नुपरेको स्थानीय दत्ते बोहराले बताए । ‘धेरै परिवारको घरमा क्षति भएका कारण उनीहरू नजिकै पाल हालेर बस्न थालेका छन्,’ उनले भने ।

‘चुरेमा बलौटे माटो भएका कारण सानो वर्षा हुँदा पनि पहिरो खस्न सुरु हुन्छ,’ अर्का स्थानीय जयबहादुर महरले भने, ‘अहिलेसम्म पहिरोपीडितलाई सुरक्षित स्थानमा बसोबास गर्ने व्यवस्था हुन सकेको छैन ।’ उनका अनुसार पीडितमध्ये धेरैजसो बालबालिकामा टाइफाइडजस्ता समस्या देखिन थालेको छ ।

‘हामीले पूरै बस्ती सार्न सम्बन्धित निकायसँग माग गरेका छौं,’ महरले भने, ‘बलचौरसहित पाँचवटै बस्ती सुरक्षित स्थानमा नसारे कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्छ ।’

पहिरोपीडितलाई तत्काल रेडक्रस सोसाइटीले आवश्यक सामग्री सहयोग गरे पनि अहिलेसम्म स्थानीय तहले सुरक्षित ठाउँमा स्थानान्तरण गर्न कुनै पहल नगरेको पीडितले गुनासो गरेका छन् । हरिनादेवी साउदले भनिन्, ‘गाउँपालिकालाई पटक–पटक आग्रह गरेका छौं तर अहिलेसम्म सुरक्षित स्थानमा राख्न कुनै पहल हुन सकेको छैन ।’

आलिताल गाउँपालिका प्रमुख बलबहादुर गुरुङले पहिरोपीडितका लागि आवश्यक सहयोग भइरहेको बताए । ‘तत्काल बस्ती सार्ने योजनामा काम हुन सक्ने अवस्था छैन,’ उनले भने, ‘तत्काल पहिरोपीडितलाई राहत र सुरक्षित स्थानमा राख्ने काम भइरहेको छ ।’ कान्तिपुरबाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।