२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो, महाधिवेशनको कार्यतालिकामा सहमति जुटेन

काठमाडौँः नेपाली काँग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका बारे सहमति जुटाउन बसेको पार्टी पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गिएको छ। निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद समाधान गर्न शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न नसकेको हो। पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको बताए।

प्रवक्ता महतले सहमति नजिक पुगेको अनुभव गरेको बताउँदै भने, ‘१५ औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा जुन आम निर्वाचन अगाडि गर्दा राम्रो हुन्छ कि आम निर्वाचनपछि गर्दा राम्रो हुन्छरु भन्ने विषयमा नै मतान्तर हो। यसमा धेरै हिसाबले हामी नजिक आएको महसुस मैले गरेको छु। र, एउटा समान निष्कर्षमा हामी पुग्छौँ भन्ने मलाई लागेको छ।’

उनले केन्द्रीय समितिले सहमतिबाटै एउटा समान दृष्टिकोण बनाएर टुङ्ग्याउने विश्वास व्यक्त गरे। नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिबारे विवाद छ । संस्थापन पक्ष आगामी आम निर्वाचनपछि वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडानमा छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्ष भने निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ।

यही विवादका कारण चालू केन्द्रीय समितिको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ।

 

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।