डडेल्धुराः डडेल्धुराको प्रसिद्ध मेला बडाल जाँत(मेला) आज रतेडि र भोलि दिउसेडी मेला लाग्ने भएकोछ । चलो, भोक्करले प्रसिद्ध रहेको बडाल मेलामा डडेल्धुरा लगायत छिमेकी जिल्लाका दर्शनार्थीहरु आउने गरेका छन् ।
निशुल्कः पानी विरण गर्दै समाजसेवी शिद्धराज फुलाराः
मेलाको अवसरमा समासेवी शिद्धराज फुलाराले निःशुल्क पानी वितरण गर्ने बताएका छने । दर्शनार्थीहरुलाई मेलामा केहि सहज होस भन्ने हेतुका साथ निःशुल्क पानी विरण कार्यक्रम राखेको उनले बताए । उनले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।



मेलाको अवसरमा पालिकाले दियो २ दिन स्थानीय बिदाः
मेलाको अवसरमा गन्यापधुरा गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिएकोछ ।
Views: 492

























