२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिको चासो

काठमाडौं – सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिले चासो देखाएको छ । संघीय सरकारले टुक्रे योजनाहरुका बजेट कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले चासो देखाएको हो ।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नियमित विनियोजित बजेट धेरै बजेटहरु कटौती भएकोले त्यस सम्बन्धमा सरकारको ध्यानकर्षण गराउने बताए । कुन आधारमा बजेट कटौती गरिएको भन्ने बारेमा समितिले सरकारसँग प्रष्टीकरण माग्ने उनले जानकारी दिए ।

उनले समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा हुने शान्ति सुरक्षा, माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका अवस्थाका बारेमा पनि सरकारसँग बुझ्ने प्रयास गर्ने बताए । उनले बैठकमा समितिले विगतमा बनाएको कार्ययोजना र परिवर्तित समयपश्चात आगामी दिनका कसरी जाने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले समितिमा विगतमा भइरहेका छलफलहरुलाई पनि आवश्यकताको आधारमा आगामी दिनमा पनि निरन्तरता दिने बताए । समितिमा आएका विषयहरुलाई छलफल गरेर कार्यन्वयनका लागी सरकारकालाई निर्देशन दिने उनको भनाइ छ ।

उनले राष्ट्रिय सभाको बैठक पनि छिट्टै सञ्चालन हुने बताए । बैठक सञ्चालनका लागि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पहल गरिरहेको उनको भनाइ छ । जेनजी आन्दोलन पश्चात पहिलो पटक समितिको बैठक बसेको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।