२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

डडेल्धुरामा किर्ते हस्ताक्षर गरि वनका अध्यक्षले १८ लाख गरे हिनामिनाः रकम फिर्ता नगरेपछि अख्तियारमा पुगेको थियो उजुरी

डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार मडैले समितिको चेकमा किर्ते हस्ताक्षर गरी करिब २० लाख १५ हजार रुपैयाँ हिनामिना गरेका थिए। २०७८ मंसिर १० गतेको समितिको बैठकको नक्कली प्रतिलिपि तयार गरी समूहका सचिव र कोषाध्यक्षको जानकारीविना चेकमा किर्ते हस्ताक्षर गरिएको अख्तियारले जनाएको छ। उक्त रकममध्ये दुई लाख रुपैयाँ पछि कोषमा फिर्ता गरिएको भए पनि बाँकी १८ लाख १५ हजार रुपैयाँ नफिर्ता गरेपछि अख्तियारमा उजुरी परेको थियो।

स्थलगत मुचुल्का, डिभिजन वन कार्यालय डडेल्धुराको प्रतिवेदन र फरेन्सिक परीक्षणका आधारमा मडैको किर्ते प्रमाणित भएको आयोगले जनाएको छ। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मडैविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम १८ लाख १५ हजार रुपैयाँ बिगो कायम गरी कैद सजाय र सोही बराबर जरिवानाको मागसहित आरोपपत्र दायर गरिएको हो।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।