नेपालगन्ज १३ भदौ । बाँकेमा झारफुक गर्ने भन्दै दुई महिलामाथि बलात्कार भएको छ । झारफुक गरिदिन्छु भनेर राति बोलाएर बलात्कार गरिएको प्रहरीले जनाएको छ ।



पुजारीले दुई युवतीलाई आफ्नो मन्दिरको कुटीमै बोलाएर बलात्कार गरेको प्रहरीमा दिईएको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
पुजारीले झारफुकको बहानामा युवतीहरुलाई कुटीमै बोलाएर बलात्कार गरेको उजुरी प्रहरीमा परेपछि घटना सार्वजनिक भएको हो ।
बाँकेको डुडुवा गाउँपालिका–५ कम्मरसा बाबाकुटी मन्दिरका ४० वर्षीय पुजारी नजिर महमदले झारफुकको बहानामा कुटीमा बोलाई बलात्कार गरेको आधारमा उजुरी परेको बाँके जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी गराउनुभयो ।
पुजारीले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार कुुटीमै बोलाई जबरजस्ती करणी गरेको ति महिलाले उजुरी दिएका छन् । घटना भदौ १० गते ९बुधबार० राति १२ बजेतिर भएको प्रहरीले जनाएको छ ।
उजुरी भदौ ११ गते आएको जानकारी दिंदै बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुवास खड्काले पुजारीलाई सोही दिन पक्राउ गरि अनुसन्धान भैरहेको जानकारी गराउनुभएको छ । पुजारीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























