२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय

काठमाडौं, १३ भदौ । सरकारले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयले अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पताल सेवा तत्कालै सुरू गर्ने मन्त्रीस्तरिय निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती अस्पतालका लागि आवश्यक औजार र उपकरण खरिदका लागि ६४ करोड रुपैयाँ निकासा गरिसक्नुभएको छ ।

अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुईजना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् ।

यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल सञ्चालन गर्ने निर्णय स्थानीय तहले नै गर्ने मन्त्रालयले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।