२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

यी ठाउँमा बाढीको जोखिम, मौसम विज्ञान विभागले गरायो सचेत

काठमाडौं –  बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा बिहिबार दिउँसोदेखि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज मोन्था चक्रवातको प्रभावबारे जानकारी दिन जारी गरेको विशेष बुलेटिनमा नेपालमा मोन्था चक्रवातको प्रभाव तीन दिन रहने उल्लेख गरेको छ ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’  मंगलबार भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र त्यसपछि बिस्तारै कमजोर हुँदै उत्तर(उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रुपमा नेपालको मध्य भू-भाग नजिक आई पूर्वतर्फ सर्दै बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने देखिने विभागले जनाएको छ ।

विभागका अनुसार उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू(भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको छ । चक्रवातले नेपालको मधेश र कोशीमा भारी वर्षा गराउने सम्भावना भएकाले नदीहरुमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

विभागका अनुसार हालको विश्लेषण अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स९साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।

विशेषगरि बागमती प्रदेशका काठमाडौंउपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स९साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।

संभावित मौसमी प्रणाली र यसको प्रभाव क्षेत्रका सम्बन्धमा विभागले नियमित अनुगमन र विश्लेषण गरिरहेको छ ।

सम्भावित वर्षा र हिमपातको कारणले नदीनालाहरुमा आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायत क्षेत्रहरूमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले सम्बन्धित सबै निकायहरू र आमसर्वसाधारणलाई यस विभागवाट वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा ९११५५० तथा लगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।