दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरामा जारी निषेधाज्ञा आगामी १९ भदौसम्म थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समितिको शुक्रबारको बैठकले उक्त निणय गरेको हो ।



शुक्रबार सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । जिल्लामा संचालित अतिआश्यक सेवा तथा वस्तु बिक्री वितरण गर्ने पसलबाहेक सम्पूर्ण पसल शुक्रबारदेखि १९ भदौसम्मका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने छन्।
पलस संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उनले बताए । बैंक तथा वित्तीय संस्था बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै संचालनमा रहने छन् । जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकललाई शुक्रबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

























