२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

भवन जलेकाले सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित

धनगढीः भदौ २४ गतेको जेन्जी आन्दोलनमा प्रदेश सभा भवन जलाइएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अहिलेसम्म बस्न सकेको छैन। प्रदर्शनकारीले प्रदेश सभा भवन, प्रशासनिक भवन, विषयगत समिति, संसदीय दलका कार्यालय र सवारी साधनहरुमा आगजनी गर्दै क्षति पुर्‍याएका थिए। त्यसपछि अनिश्चितकालका लागि स्थगित गरिएको

 

बैठक कहिले बस्ने कुनै टुंगो छैन। मुख्यमन्त्री कमलबहादुर शाहले तिहारलगत्तै बैठक बोलाउन सचिवालयलाई निर्देशन दिएका थिए। आगजनीमा जलेर ध्वस्त भएका संरचनाको पुनर्निर्माण तथा मर्मतमा समय लाग्ने भएकाले बैठक तत्काल सम्भव नभएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार भवनभित्र रहेका फर्निचर, प्राविधिक उपकरणलगायत सबै सामग्री जलेका कारण हाल सोही भवनमा बैठक सञ्चालन गर्न नसकिने अवस्था छ। उनका अनुसार कोटेसन प्रक्रियामार्फत झ्याल–ढोका जडान र प्राथमिक मर्मतका काम सुरु गरिएको छ।

‘क्षतिग्रस्त सबै संरचनाको पुनर्निर्माण र मर्मत सम्पन्न गर्न कम्तीमा दुई महिना लाग्ने देखिन्छ,’ सचिव बोगटीले भने, ‘अहिले तत्काल गर्न सकिने काम अघि बढाएका छौँ, तर बैठक कहिले बस्छ भन्ने निश्चित छैन।’

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।