एजेन्सी- जारी कोरोना महामारी भारतको अण्डमान निकोबार द्वीप समूहमा पनि फैलिएको छ। त्यहाँ ४१ जनाको ज्यान गएको छ भने दुर्लभ जनजाति समुदायका केही सदस्य संक्रमित भएका छन्।



बीबीसीका अनुसार ग्रेट अण्डमानिज जनजातिका चार सदस्य संक्रमित भएका छन्। यी मध्ये दुई जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। अन्य दुई जनालाई एक केयर सेन्टरमा राखिएको छ। ग्रेट अण्डमानिज जनजाति समुदायमा अब जम्मा ५३ जना जीवित मानिसहरु छन्।
अण्डमान निकोबार द्वीप समूहको पूर्वी हिस्सामा अहिलेसम्म २ हजार ९ सय ८५ जना संक्रमित भेटिएका छन्।
यी मध्ये ४१ जनाको ज्यान गइसकेको छ। यहाँ जुन महिनामा संक्रमणको पहिलो मामिला भेटिएको थियो। पर्यटकीय आकर्षणको केन्द्र रहेकाले अण्डामान निकोबारमा पर्यटकहरुबाटै कोरोना फैलिएको आशंका गरिएको छ।
Views: 173

























