डडेल्धुराको भागेश्वर गाउँपालिका–४, वगरकोटमा खुल्ला पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको छ। भागेश्वर गाउँपालिकाको आयोजनामा, वडा नं ४ को प्रयोजन र डडेल्धुरा युवा मञ्च डडेल्धुरा तथा संगीतर्मी संघ डडेल्धुराको सहयोगमा आयोजित प्रतियोगिता असोज ३० र ३१ गते श्री सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा हुने गाउँपालिकाले जनाएको छ।



गाउँपालिकाका स्व. कृष्ण दत्त चटौतको स्मृतिमा आयोजना गरिने उक्त प्रतियोगितामा खेलप्रेमी तथा इच्छुक टोलीहरूले निःशुल्क रूपमा सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ।

प्रतियोगितामा पुरुष तथा महिला दुबै समूहका विजेतालाई आकर्षक पुरस्कारसहित सम्मान गरिने जनाइएको छ।खेलमा पहिलो हुने टोलीलाई २५ हजार रुपैयाँसहित मेडल, नगद र ट्रफी प्रदान गरिनेछ। दोस्रो हुने टोलीलाई १५ हजार र तेस्रो हुने टोलीलाई १० हजार रुपैयाँ पुरस्कारका रूपमा प्रदान गरिनेछ।
आयोजकका अनुसार खेलमा सहभागी खेलाडीहरूको खान बस्ने व्यवस्था आयोजकले गर्नेछन्। साथै, प्रतियोगिता अवधिभर विभिन्न साँस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गरिने जनाइएको छ।
टोली दर्ता गर्ने अन्तिम मिति असोज २९ गतेसम्म तोकिएको छ।
थप जानकारीका लागि बसन्त राज चटौत (९८६०७१६७०१) दिपक राज भट्ट (९८४८७०७०५६) वा गणेश केसी (९८६५९५६४८६) सम्पर्क गर्न सकिने बताइएको छ।

























