२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

किन रोकिदैन बलि प्रथा

डडेल्धुराः राष्ट्रिय–अन्र्तराष्ट्रिय स्तर क्षेत्रबाट बलि प्रथाको विरोध भइरहेको छ । र पनि, सुदुरका पहाडि जिल्लाहरुमा मेलामा एकपटक हजारौं पशुको बलि भने रोकिएको छैन । हिन्दूहरुले आ–आफ्ना चलनअनुसार, विभिन्न शक्तिपीठमा पशुबलि दिन्छन् ।

विश्वमा माछामासु खानेकै संख्या अधिक छ । खानकै लागि दिनहुँ लाखौं पशुपंक्षी काटिन्छन् । ‘शाकाहारी बनौं’ भन्ने र पशु अधिकारको वकालत गर्नेको संख्या पनि बढिरहेको छ । नखाने, खाने, काटेर खाने, रेटेर खाने, व्यवस्थित वधशालामा मारेको खाने– सबैको आ–आफ्नै तर्क छन् ।

एकथरि वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु जो अहिंसा परमो धर्म (अहिंसा नै सबभन्दा ठूलो धर्म) भन्छन् । वैदिकहरु रगत–मासु खानुलाई महापाप मान्छन् । तर, देवदेवी र कुल देवतालाई बलि चढाएर मासु खाने हिन्दुहरु पनि उत्तिकै छन् । बलि प्रथा मान्ने हिन्दूबाहेकका अन्य समुदाय पनि छन् । दर्शनार्थीले आ–आफ्नो भाकल अनुसार बलि दिएका रागा कोका लगायतका अन्य चौपायाको बलि दिने गरिन्छ ।

भाकल पूरा भएपछि दिईन्छ बलि । मानिसहरुले आफुले मागेको कुरा पुरा भएमा विस्वास स्वरुप बलि दिने गरेको पाईन्छ ।
बलि प्रथाका बिरुद्धमा विभिन्न सं संस्थाहरुले कार्यक्रमहरु गर्दै आए पनि न्युन भने हुन सकेको छैन् । डडेल्धुराको उग्रतारा मन्दिर , बैतडीको त्रिपुरा सुन्दरी मन्दिर, निगंलाशैनि मन्दिरमा अष्ठमिको दिन बलि दिने चलन रहेकोछ ।

 

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।