२०८१ फाल्गुन ७ बुधबार
२०८१ फाल्गुन ७ बुधबार

धनगढीमा थप ६ जनामा कोरोना पुष्टि

धनगढी : धनगढीमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा भएको परीक्षणमा एक महिला र पाँच पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर १५ का १०, १९ र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का दुई बर्षीय बालक र २५ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ। यस्तै धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। 

यससंगै धनगढीमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ। ६७ पुरुष र ३० महिला गरी ९१ जनामा कोरोना पुष्टि भएको हो। धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले १९ वटै वडामा संक्रमण फैलिएको बताए।

उनका अनुसार वडा नम्वर १ मा सात जना, २ मा चार जना, ३ मा पाँच जना, ४ मा एक जना, ५ मा १० जना र वडा नम्वर ६ मा दुई जनामा कोरोना पुष्टि भएको छ। वडा नम्वर ७ मा तीन जना, ८ मा पाँच जना, ९ मा १० जना १० मा तीन जना, ११ मा एक जना र वडा नम्व्र १२ मा २० जनामा कोरोना पुष्टि भएको उपाध्यायले बताए।

यस्तै वडा नम्वर १३ मा दुई जना, १४ मा ८ जना, १५ मा चार जना, १६ र १७ मा एक÷एक जना, १८ मा नौँ जना र वडा नम्वर १९ मा एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार ६ पुगेको छ। संक्रमण पुष्टि भएका एक हजार ६ सय बढि डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ। 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।