डडेल्धुराः जेनजी प्रदर्शनले डडेल्धुरामा झण्डै तिन करोड बराबरको क्षती भएको प्रहरी प्रशासनको मुजुल्का उठेको छ । आन्दोलनले उग्ररुप लिएपछि भदौ २४ र २५ गते डडेल्धुराका सरकारी तथा गैरसरकारी कार्यालयहरु,राजनितिक दलका कार्यालयहरु र सुदुरपश्चिम प्रदेशकी समाजिक बिकास राज्य मन्त्रीको निवास गरि ठुलो क्षती भएको भन्दै स्थलगत मुजुल्का उठाएर क्षतीको एकिन गरिएको हो ।



प्रहरी प्रशासनले संकलन गरेको क्षतीको बिगो अनुसार अमरगढी नगरपालिकाको २८ लाख ८० हजार,मालपोत कार्यालय २९ लाख ९९ हजार ६९४,आन्तरिक राजश्व कार्यालय ५० लाख,नेपाली काग्रेस पार्टी कार्यालय ५ लाख ४१ हजार,यातायात कार्यालय ७ लाख १३ हजार,अमरगढी नगरपालिका वडा नं.५ को कार्यालय २ लाख १० हजार,नापी कार्यालय १३ लाख ८९ हजार ३०६ रुपैया,निर्बाचन कार्यालय १४ लाख ४ हजार,रुडुक कार्यालय ३९ लाख १ हजार ४०० सय,नेकपा एमाले डडेल्धुरा १२ लाख २७ हजार बहुउदेश्यिय बिकास समाज १० लाख २० हजार ९०० सय,नेपाली काग्रेस बिपि ३ लाख ३९ हजार ७०० सय,सुदुरपश्चिम प्रदेश सरकारकी राज्य मन्त्री सरस्वती खड्काको घर ४० लाख १ हजार रुपैया क्षती भएको मुजुल्का उठेको छ । यसैगरी भदौ २५ गतेका दिन कारागार डडेल्धुरा ७५ हजार,नबदुर्गा गाँउपालिका ७ लाख र नबदुर्गा गाँउपालिकाको वडा नं.५ को वडा कार्यालयमा २२ लाख बराबरको अनुमानित क्षती भएको सरकारी संयन्त्रले मुजुल्का उठाएको जनाएको छ ।
राजश्व कार्यालय,नेकपा एमाले पार्टि कार्यालय,मालपोत कार्यालय,रुडुक कार्यालय, नबदुर्गा गाँउपालिका वडा नं.५ को वडा कार्यालयमा तोडफोड सगैं भबनभित्र आगजनी गरेर क्षती पु¥याएको थियो । यसैगरी अन्य कार्यालय तथा संघ संस्थाहरुमा आन्दोलनकारीहरुले कार्यालय भित्र तोडफोड गरि क्षती पुगाएका थिए । क्षतीको अनुमानित बिगो २ करोड ८६ लाख ७७ हजार ५०० रुपैया रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
यसैगरी तंथ्याक संकलन भएको प्राप्त बिबरणमा नेकपा माओबादी केन्द्र र रास्वपाको कार्यालय समेत आन्दोलनकारीले तोडफोड गरि क्षती पुयाएको भएपनि उनीहरुको क्षतीको बिबरणमा समाबेश भएको देखिएन ।
आन्दोलनका कारण जिल्लामा भएको भौतिक क्षतीले कतिपय कार्यालयहरुका फायल,अभिलेखीकरण दस्ताबेज,कम्प्युटर डाटा लगायतका महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएपछि कार्यालयलाई सुचारु गर्न निकै समस्या भईरहेको बताईएको छ ।


























