रुपन्देहीको सैनामैना नगरपालिका –५ स्थित बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा एकजना पैदल यात्रुको अकालमा मृत्यु भएको छ।



मृत्यु हुनेमा सैनामैना –६ का १६ वर्षीय विनोद विक रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए।
उनका अनुसार वीरगञ्जबाट धनगढीतर्फ जादै गरेको ना ६ ख ५७०२ नम्बर को ट्रकले अज बिहान विकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको र उनको लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो। प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएको छ।
Views: 141

























