२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

निर्वाचन आयोगले थाल्यो प्रतिनिधिसभा चुनावको तयारी, माघमा राष्ट्रिय सभाको निर्वाचन हुने

प्रतिनिधिसभा विघटन गरी सरकारले २१ फागुनमा तोकेको चुनाव गराउन निर्वाचन आयोगले तयारी थालेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले स्रोतसाधन सुनिश्चित गरिदिए आयोग निर्वाचन गराउन तयार रहेको बताए। सामान्यतया निर्वाचन गर्न १२० दिन चाहिने भन्दै भण्डारीले ६ महिनाको समयभित्र निर्वाचन गराउन आयोग तयार रहेको बताए।

निर्वाचन प्रक्रियाअन्तर्गत व्यवस्थापन र मतदाता नामावली संकलनको काम भई नै रहेको उनले बताए। ‘सरकारले स्रोत साधन जुटाउनेबित्तिकै आयोगलाई अफ्ठेरो छैन,’ उनले भने।

भण्डारीले निर्वाचन घोषणाको पत्र प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट आएपछि गृह मन्त्रालयको समन्वयमा बाँकी प्रक्रिया अगाडि बढ्ने बताए। ‘आयोगको सरकारसँग सम्पर्क गर्ने गृह मन्त्रालय हो। गृहमन्त्री आउनुपर्ला। अनि सल्लाह हुन्छ। निर्वाचन तयारी गर्नु भन्ने होला,’ उनले भने, ‘तर निर्वाचन आयोग स्रोतसाधन जुटाउनेबित्तिकै अगाडि बढ्छ।’

भण्डारीले फागुनमा एकतिहाइ राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिने र ३५ दिनअगावै अर्थात् माघ दोस्रो साता निर्वाचन गरिसक्नुपर्ने अवस्था रहेको पनि बताए। प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन सँगसँगै अगाडि बढाइने उनको भनाइ छ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।