२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

जेन–जी आन्दोलनका दृश्य–प्रमाण पठाउन प्रहरीको अपिल

काठमाण्डौँः नेपाल प्रहरीले भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका घटनाबारे दृश्य–प्रमाण पठाउन आम नागरिकसँग आग्रह गरेको छ।

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्रहरीले आन्दोलनका क्रममा खिचिएका तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन अनुरोध गरेको हो।

प्रहरीले भनेको छ, “उक्त मितिमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शनका क्रममा घटेका आगजनी, लुटपाट तथा त्रास सिर्जना गर्ने घटनासम्बन्धी प्रमाणहरू उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं।” प्रहरीका अनुसार प्रमाण पठाउने व्यक्तिको गोपनीयता कायम राखिनेछ।

भदौ २३ र २४ गतेको आन्दोलन हिंसात्मक बन्दा सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालतसहितका मुख्य प्रशासनिक निकाय, सरकारी कार्यालय, पार्टी कार्यालय, निजी घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी गरी ध्वस्त पारिएको थियो।

उक्त घटनामा हालसम्म ५१ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।