डडेल्धुरा (दिपक राज भट्ट)- सेप्टेम्बर ९ तारिखका दिन (भदौ २४ गते) देशभर जेनजी प्रर्दशनको रुपमा दोस्रो दिन रहेको थियो । दास्रो दिन प्रर्दशन देशभर नै भयो । डडेलधुरामा पनि जेनजी युवाहरु प्रर्दशन दिउसो भरि जारि गरे तर दिउसो १ बजे पछि आन्दोलनले उग्र रुप लियो । आन्दोनमा प्रर्दशनकारीहरुको पहिलो निसानामा एमाले पार्टि कार्यालय डडेल्धुरामा तोडफोड र साम्रगीहरु बाहिर फालेर तिनमा आगजनी गरियो, प्रर्दशनकारीहरुले त्यसपछि नेपाली काङग्रेस डडेलधुराको पार्टि कार्यालयमा आक्रमण गरे सामन तोडफोड गरे , त्यस पछि रुडुक डडेल्धुरामा उग्र बनेका प्रर्दशनकारीहरुले सामान बाहिर फलनुका साथै कार्यालयमै कागजनी गरे , यस्तै अमरगढी नगरपालिकामा तोडफोड गर्नुका साथै एक थान मोटरसाईकलमा आगजनी गरे , यस्तै जिल्ला निर्वाचन कार्यालयमा तोडफेड गरे, नापी कार्यालय डडेल्धुरामा तोडफेड गर्नुका साथै मोटरसाईकलमा आगजनी गरे, यातायात कार्यालय डडेलधुरामा तोडफोड गरे, कर कार्यालय डडेल्धुरामा तोडफेडका साथै आगजनी गरे, रास्वमा पार्टि कार्यलयमा तोडफेड गरे, वि.पि काङग्रसको पार्टि कार्यालयमा तोडफोड गरे, माओवादि केन्द्रको पार्टि कार्यालयमा तोडफोड गरे ,सुदुरपश्चिम प्रदेश सामाजिक विका राज्य मन्त्रि सरस्वति खड्काको घरमा तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरे । जेनजी आन्दोलनले डडेलधुरामा करौडौको क्षति भएको अनुमान गर्न सकिन्छ , क्षतिको पुर्ण विवरण भने आउनु सकेको छैन् ।




























