२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ भन्दै जंगीअड्डा पुगे युवा

काठमाडौँः सेनासँग जेनजीको वार्ता चल्दै गर्दा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा असन्तुष्टि पोखेका छन् । उनीहरुले जेनजीको नेतृत्व बालेन शाह र हर्क साम्पाङ जस्ता युवा गर्नुपर्ने माग गरेका हुन् ।

जेनजीहरुको तर्फबाट नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीको नाम अगाडि आएपनि उनीहरुले बालेन र हर्क जस्ता युवाहरू अगाडि आउनुपर्ने धारणा राखेका हुन् ।

बुधबार साँझ जंगीअड्डामा जेनजीका प्रतिनिधि पुगेका छन् भने सोही क्रममा यसबारे उनीहरू एकमत नरहेका हुन् ।

सेनाले जेनजीका प्रतिनिधिसँग वार्ता विभिन्न चरणमा गरिरहेको छ । यसबारे ठोस निष्कर्ष निस्किएपछि राष्ट्रपतिसँग औपचारिक वार्ता हुने बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।