२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

रवि निस्केसँगै देशभरका जेल ब्रेक, जेन–जीको आपत्ति

भिडको दबाबबाट नख्खु कारागारबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेपछि देशभरका कारागारका कैदीहरूले आफूहरूले पनि भाग्न पाउनुपर्ने भन्दै रडाको मच्याउन थालेका छन् । मंगलबार लामिछानेको रिहाइपछि नख्खु जेलमा प्रदर्शनकारीले आगो लगाए । त्यसपछि झिटीगुन्टा बोकेर कैदीहरू भागे । अहिले कारागार मात्रै बाँकी छ, कैदीबन्दी छैनन् ।

अन्य कैदीबन्दीलाई छोड्नु नपरोस् र सुरक्षा स्थिति नबिग्रियोस् भनेर कारागार प्रशासनले रविलाई परिवारको जिम्मा लगायो । पत्रमा पहिला २३ भदौको मिति लेखिए पनि पछि सच्याएर २४ भदौको बनाइएको छ । प्रशासनको सो कदम प्रत्युत्पादक बन्यो । नछोडौँ जेलमा नै जलेर मर्ने पिर, छोडौँ देशभर कैदीको आन्दोलन उठेको छ, यो अर्को चिन्ताको विषय भएको छ प्रशासनलाई ।

अहिले डिल्लीबजार कारागारका कैदीले सोही कारण देखाउँदै निहुँ खोजिरहेका छन् । उनीहरूले कारागारमा रहेका सामान बाहिर ल्याएर जलाउन थालेपछि र भाग्न खोजेपछि नेपाली सेनाले सुरक्षा घेरामा राखेको छ । कैदीहरूलाई सेनाले स्थानान्तरण गरिरहेको छ ।

नख्खुको यो घटनालगत्तै रौतहटको गौर, कपिलवस्तुको तौलिहवा र बझाङका कारागारहरूमा पनि विद्रोह भयो । रौतहटबाट २६०, कपिलवस्तुबाट ४३५ र बझाङबाट ६५ कैदीबन्दी भागे । कपिलवस्तुमा त कैदीहरूले जिल्ला अदालतमा समेत आगजनी र तोडफोड गरेका छन् । सुन्धारा कारागारबाट ३ हजार ३ सय कैदी भागेका छन् । उनीहरूलाई यो आत्मविश्वास लामिछानेको रिहाइपछि नै आएको हो ।

अहिले देशभर कर्फ्यु जारी छ र सडकमा सेना परिचालन भएको छ । हजारौँको संख्यामा भागेका कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिनु र समाजमा शान्ति सुरक्षा पुनर्स्थापना गर्नु अब सुरक्षा निकायका लागि मुख्य चुनौती भएको छ । मंगलबार रातभरजसो लुटपाट र अशान्ति मच्चिएको छ । रातको समय हुने सुरक्षा खतरा झनै बढेको छ ।

रविलाई जेलबाट निकालिएपछि देशभरका जेल ब्रेक भएका र अपराधीहरू समाजमा फर्केर आतंक सिर्जना भएको भन्दै जेन–जीले आपत्ति जनाएका छन् । – Shilapatra

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।