विभाजित जेन–जीले अब आफ्नोतर्फबाट प्रधानमन्त्रीको दाबेदार कसलाई पठाउने भन्ने विषयमा निष्कर्षमा पुग्न सकेका छैनन् । उनीहरूले यसका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई प्रस्ताव गरेका छन् ।
सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन तयार भएको जवाफ दिएकी छन् भने बालेन शाहले भने जवाफ दिइसकेका छैनन् । हजारौँ व्यक्तिले भनेपछि जिम्मा लिने कार्कीको जवाफमा कन्फ्युजन भएका जेन–जीले सागर ढकाललाई पनि विकल्पमा अघि सार्ने विषयमा छलफल गरेका छन् । सागर ढकालसँग पनि छलफल भएको र उनी अहिले धनगढीमा छन् ।
कसलाई अघि सार्ने भनेर पोल क्रियट गरेर सोध्ने काम गर्न सक्छौँ,’ उनीहरूले छलफलमा भनेका छन् । ढिलो भयो भने आर्मीले पनि आफूले कब्जा गर्नुपर्छ भन्ने भएकाले धेरै समय लगाउन नमिल्ने उनीहरूले बताएका छन् । -Shilapatra