२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

आज राति पूर्ण चन्द्र ग्रहण, नेपालभर देख्न सकिने

काठमाडौंः आइतवार राति आकाशमा विशेष खगोलीय दृश्य देखिन लागेको छ। पूर्ण चन्द्र ग्रहण नेपालसहित सम्पूर्ण एशिया, युरोप, अफ्रिका र अष्ट्रेलियामा स्पष्ट देखिनेछ।

नेपालमा ग्रहणको सुरुवात आज राति ९ः१३ बजे धुस्त छायाबाट हुनेछ। १०ः१२ बजे आंशिक ग्रहण सुरु हुने र ११ः १५ बजे पूर्ण ग्रहण प्रवेश गर्ने खगोलविद्हरूले जनाएका छन्। ग्रहणको चरम बिन्दु ११ :५६ बजे रहनेछ भने पूर्ण चरण १२ः३७ बजे सम्म चल्नेछ। सम्पूर्ण ग्रहण अन्त्य भोलिपल्ट बिहान २ः४० बजे हुनेछ।

ग्रहणको कूल अवधि करिब ५ घण्टा २७ मिनेट, पूर्ण चरण मात्र करिब ८३ मिनेट रहनेछ। चन्द्रमा पूर्ण रूपमा पृथ्वीको छायामा पर्दा रातो रङमा देखिने भएकाले यसलाई ब्लड मुन भनिन्छ।

खगोलविद्हरूका अनुसार चन्द्र ग्रहणलाई नग्न आँखाले हेर्न पूर्ण रूपमा सुरक्षित हुन्छ। आकाश खुला रहेमा नेपालभरबाट यसलाई सजिलै अवलोकन गर्न सकिन्छ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।