२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

‘जेन जी’ आन्दोलनमा सहभागी हुने दुर्गा प्रसाईंको घोषणा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेन जी युवाहरुले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन्। प्रसाईंमाथि गत चैत १५ मा काठमाडौंमा अराजकता मच्चाएको मुद्दा चलिरहेको छ।
प्रसाईंले फेसबुकमा भने( देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस् । २१ भदौं, काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईंले ‘जेन जी’ युवाहरुले आह्वान गरेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् ।

राजतन्त्र ल्याउने भन्दै गत वर्ष चैत १५ मा काठमाडौंमा अराजकता मच्चाएका प्रसाइँको अहिले पनि मुद्दा चलिरहेको छ । धरौटीमा रिहा भएका प्रसाईं अहिले युवाहरुले सामाजिक सञ्जाल बन्द लगायत विरोधमा गर्न लागेको आन्दोलनमा मिसिने घोषणा गरेका हुन् । ‘देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैं सरिक हुनेछु गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्,’ प्रसाईंले भनेका छन् ।

उनले फेसबुकमा गरेको पोस्टमा धेरैले कमेन्ट गर्दै उक्त आन्दोलनमा सहभागी नहुन आग्रह गरेका छन् । जेनजी समूहले भोलि सोमबार प्रदर्शनको तयारी गर्दै सोसल मिडिया क्याम्पेन गरिरहेका छन् ।

@dpoint82

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।