२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

नेपाल प्रहरीमा ४ एआईजी खाली हुँदै, प्रतिस्पर्धामा यी ९ डीआईजी

काठमाण्डौंः नेपाल प्रहरीमा रिक्त हुने चार जना अतिरिक्त महानिरीक्षक ९एआईजी० का लागि ९ जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० बीच प्रतिस्पर्धा हुने भएको छ। नेपाल प्रहरीमा हाल एक जना एआईजीको पद रिक्त भइसकेको छ। बिहीबारदेखि थप तीन जना एआईजीको पद रिक्त हुनेछ।

प्रशासन विभाग प्रमुख कृष्णहरि शर्मा गत शुक्रबार अवकाश भएका हुन्। अब बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ र प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी अवकाश हुनेछन्।

यस्तै प्रहरी महानिरीक्षक दीपक थापा त्यसै दिन अवकाश हुँदा सीआईबीका प्रमुख चन्द्रकुबेर खापुङ महानिरीक्षक बन्नेछन्। खापुङलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय भइसकेको छ। उनले बिहीबारदेखि आईजीपीको कार्यभार सम्हाल्नेछन्।

एक महिना अघि–पछिका ९ डीआईजी प्रतिस्पर्धामा

२०८१ मंसिरमा डीआईजीमा बढुवा भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक एआईजी बढुवाको प्रतिस्पर्धामा छन्। उनीहरू २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका हुन्।

उनीहरूसँगै भर्ना भएका सिद्धिविक्रम शाह यसअघि नै एआईजी भइसकेका छन्। उनी भावी आईजीपीको प्रतिस्पर्धामा छन्। तर बाँकी चार जना भने यसपटक एआईजी बन्ने तयारीमा छन्। यीमध्ये सुशीलसिंह राठौर प्रहरी प्रधान कार्यालयमै कार्यरत छन्।

उमाप्रसाद चतुर्वेदी मधेस प्रदेशको प्रहरी प्रमुख छन्। हिमालयकुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र डम्बरबहादुर विक सुदूरपश्चिम प्रहरी प्रमुख छन्।

यस्तै कोसी प्रदेशका प्रहरी प्रमुख ईश्वर कार्कीसहित ५ डीआईजी पनि यसै पटक एआईजी बन्ने प्रतिस्पर्धामा छन्।

उनीहरू २०८१ पुस २६ गते डीआईजीमा बढुवा भएका थिए। ईश्वर कार्कीसँगै राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया एकसाथ बढुवा भएका हुन्।

राजेन्द्रप्रसाद भट्ट लुम्बिनी प्रदेश, दिनेशकुमार आचार्य गण्डकी प्रदेश र अरुण पौडेल बागमती प्रदेशको प्रहरी प्रमुख छन्। गोविन्द थपलिया प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा छन्।

उनीहरूकै ब्याचका तीन जना भने एआईजी भइसकेका छन्। एआईजी दानबहादुर कार्की, राजन अधिकारी र डा। मनोजकुमार केसी यही ब्याचका हुन्। खापुङ आईजीपीबाट अवकाश भएपछि उनीहरू नेतृत्वमा पुग्ने कसरतमा छन्।

यता यही ब्याचका पाँच जनालाई भने यसै पटक एआईजी बन्न चुनौती देखिएको छ। उनीहरू पाँच जना नेपाल प्रहरीमा २०५४ मा भर्ना भएका हुन्। २०५३ सालका राष्ट्रिय अनुसन्धान विभागको टोलीसँगै डीएसपीदेखि एसएसपीसम्म बढुवा भएपछि त्यसपछि भने पछि परेका थिए। उनीहरूकै ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागका पाँच जनाले उनीहरूलाई छाडेका थिए।

बाँकी ११ जना भने गएको जेठमा मात्रै डीआईजीमा बढुवा भएका हुन्। उनीहरू यसपटक एआईजीमा बढुवा हुने सम्भावना कम छ।

गत जेठमा डीआईजी हुनेहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र जिसी, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ छन्।

यसपछि भने तत्काल नेपाल प्रहरीमा एउटा मात्रै एआईजी पद रिक्त हुनेछ। अबका प्रहरी महानिरीक्षक खापुङ आगामी कात्तिक २७ गते ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि एक जना एआईजी आईजीपी हुनेछन्। उक्त स्थानमा एक जना डीआईजीलाई बढुवा गरिनेछ। त्यसपछि भने तत्काल एआईजी रिक्त नहुने र्भकाले पनि यी ९ जना अहिले नै एआईजी बन्न चर्को लबिइङमा छन्।     –  नेपालखबर

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।