२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

डडेल्धुराको अजयमेरुमा हुने भनिएको महोत्सव बर्षादका कारण स्थगित

डडेल्धुराः अजयमेरु गाउँपालिका–२ चमडामा आयोजना गर्न लागिएको ‘अजयमेरु वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव’ स्थगित भएको छ। डडेल्धुरामा दुई दिन देखि निरन्तर बर्षा भएपछि महोत्सव स्तगित गरिएको हो ।

आयोजक वडा कार्यालयले यहीँ भदौ १८ देखि २१ गतेसम्म हुने भनिएको महोत्सव प्रतिकूल मौसमका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ।

वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता शिवराज भट्टका अनुसार डडेल्धुरामा तीन दिनयता लगातार वर्षा भइरहेकोले महोत्सव समयमै सम्पन्न गर्न असम्भव बनेको हो। “मौसममा सुधार आएपछि महोत्सवको नयाँ मिति सार्वजनिक गरिनेछ,”उनले बताए।

ऐतिहासिक पर्यटकीय स्थल अजयमेरु कोटलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको थियो। महोत्सवमा वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता समेत हुने कार्यक्रम तय गरिएको थियो।

वडा कार्यालयले जारी गरेको सूचना–

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।