२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

दिउसो पहिरो खस्दा अबरुद्ध भएको के.आई सिंह राजमार्गमा राति यात्रा गर्न रोक

डडेल्धुराः अविरल वर्षासँगै निरन्तर पहिरो खसिरहेको डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्गमा रातिको समयमा सवारी सञ्चालन रोक लगाइएको छ।

गन्यापधुरा गाउँपालिका–२ रडुवा खोलानजिक लगातार पहिरो खसिरहेकाले अर्को सूचना नआएसम्म बेलुकी ७ बजेदेखि बिहान ५स्३० बजेसम्मका लागि यात्रा रोकिएको जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले आइतबार जारी गरेको सूचनामा उल्लेख छ।

प्रशासनले सर्वसाधारण यात्रु, चालक तथा सरोकारवाला निकायलाई उच्च सतर्क रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिमका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै नदी,खोलाको सतह बढ्ने र पहिरोको जोखिम बढ्ने चेतावनी दिएको छ।

No description available.

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जारी गरेको सूचनामा तटीय तथा भिरालो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र अत्यावश्यक बाहेक अन्य समयमा यात्रा नगर्न अनुरोध गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।