रहर आश रित्तो छ निर्धन सफरको
दियो भोक प्याला पिलायो कहरको



नधाऊ कतै न्यायको त्यो अदालत
गरीबी चिनारी नहोला कदरको
हजुरको त रोजाइ भो दुश्मनी नै
म रोज्दै छु हाँसो हजुरको अधरको
अचानो बन्यो दिल कसैको नजरमा
दुखाए गए छैन चासो असरको
बने हुन् मिठा पल र नङ मासु झैं क्या
बन्यो आज उस्को नियत नै कसरको
हुनेभो जटिल यो शहर को सफर झन्
हुँदा चाह कै दोष तिम्रो नजरको
भयौ जो तिमी छाल बगायौ कहानी
चिनो नाम मेटी निसानी बगरको
बहर,मुतकारिब मुसम्मन सालीम
भावना लामिछाने
( स्याङ्जा ,फेदिखाेला )
Views: 176

























