२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

    वर्षाका कारण स–साना नदीमा आकस्मिक बाढीको जोखिम
काठमाडौं – सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार केन्द्रमा ११५।६ मिलिमिटर भारी वर्षा मापन गरिएको विभागले जनाएको छ। यस्तै, सुदूरपश्चिमको डोटीमा १६.२ मिलिमिटर र बझाङको थलारामा ११.८ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै, गोरखाको आरुघाटमा १७.१, स्याङजामा १४.२ र सिन्धुपाल्चोकमा १५.२ मिलिमिटर वर्षा मापन गरिएको छ। राजधानी काठमाडौं आसपासमा पनि हल्का वर्षा भइरहेको छ।

विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश हुँदै बहने स–साना नदीमा आकस्मिक रूपमा बहाव बढ्न सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको छ। विभागले नदी किनार र तलतिर बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।