२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

सुदूरपश्चिममा आज थप ४५ जनामा संक्रमण पुष्टि

 सुदूरपश्चिममा आज थप ४५ जनामा संक्रमण पुष्टि भएको  छ । धनगढी स्थित सेती अस्पतालको प्रयोगशाला  र डोटी अस्पतालको प्रयोगशालामा गरि ४५ जनामा संक्रमण पुष्टि  भएको हो ।

शुक्रबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा भने सबैको नतिजा नेगेटिभ आएको छ ।

  सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार शुक्रबार ५ सय ४४ जनाको परिक्षण गरिएकोमा  ३६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा १९ जना कैलालीका रहेका छन् भने १७ जना कंचनपुरका रहेका छन् ।

  बिज्ञप्ती अनुसार कैलालीको बर्दगोरीयाका १ महिला र ४ पुरुष, गौरीगंगाका २ महिला र ४ पुरुष, चुरेका १ महिला र ३ पुरुष, धनगढीका १ महिला र १ पुरुष, घोडाघोडीका १ महिला र अर्का एक जना कैलालीकी महिलामा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

 यसैगरी कंचनपुरको शुक्लाफाँटाका १० जना, पुर्नवासका २ जना, महाकालीका ४ जना र बेलौरीका १ जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ ।

  यसैगरी शुक्रबार नै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परिग्क्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको   छ ।

 डोटी जिल्ला अस्पतालका ल्याब ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार भदौ ११ र १२ गते गरि डोटी अस्पतालको प्रयोगशालामा गरिएको २ सय २८ नमुना परिक्षण मध्य ९ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार डोटीकै सायल गाउँपालिकाका ६ पुरुष र ३ महिलामा गरि ९ जनामा संक्रमण पुष्टि भएको छ ।  डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा भने सबैको नतिजा नेगेटिभ आएको छ ।

  अस्पतालले जारी गरेको प्रेश बित्रप्ती अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका  १ सय १ नमुना सबैको नतिजा नेगेटिभ आएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।