२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

जवानले बर्दीमै भिडियो बनाउँदै भने, ‘पावर हुनेका लागि मात्रै हो प्रहरीको जागिर’

काठमाडौंः बुधबार सामाजिक सञ्जाल फेसबुक, ट्वीटरदेखि टिकटकसम्म नेपाल प्रहरीका एक जवानको भिडियो भाइरल बनेको छ । अधिकांशजसोले ती युवकको प्रशंसा गर्दै भिडियो सार्वजनिक गरिरहेका छन् । ‘बल्ल नेपाल प्रहरीमा एउटा जिउँदो बहादुर सिपाहीको जन्म भएछ । सलाम छ’ जस्ता प्रतिक्रिया उक्त भिडियोमा जनाइरहेका छन्।

प्रहरीकै बर्दीमा बनाइएको ३७ सेकण्डको उक्त भिडियोमा ती प्रहरी जवानले पावर हुनेका लागि मात्रै प्रहरीको जागिर हो भन्ने पेचिलो प्रश्न उठाएका छन् ।

भिडियोमा भनिएको छ, ‘जय नेपाल सत्य सुरक्षा सुरक्षणम् १ यो नेपाल प्रहरीको जागिर के हो रु यत्तिका सम्म दुखस् गर्ने अनि पावर हुनेले फ्याट् फ्याट्ट बढुवा हुने, फ्याट् फ्याट्ट जहाँ भन्यो त्यही सरुवा हुने । पावर नहुनेको चाहिँ केही पनि नहुने रु पावर नहुनेको केही पनि छैन ?

त्यसपछि ती जवानले भिडियोमै आफ्नो परिचय समेत दिँदै आफ्नो जागिर खाने भए खाउ समेत भनेका छन् ।‘म नेपाल प्रहरीको प्रहरी जवान माधवप्रसाद भुगाई । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छु । मैले चुस्तामै भिडियो बनाएको छु । मेरो जागिर खाने भए खाउ । तर यदि पावर हुनेले जागिर खाने हो भने पावर हुनेलाई नै जागिर खुवाउ । हामीजस्तो गरिब दुस् खीको जागिर हुन्न भने जागिर खानु छैन मलाई ।’

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।