भागेश्वरः बगरकोट रेडक्रस उप शाखाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । भदौ १९ गते रेडक्रसको स्थापना दिवस देशभर मनाउने गरिन्छ । रेडक्रस स्थापना दिवसको अवसरमा भागेश्वर गाउँपालिका भित्रका आधारभूत तहको पालिका स्तरीय हाजिरी नवाफ प्रतियोगिता आयोजना गरिएको उप शाखा बगरकोटका सभापति भोज राज पन्तले बताउनुभयो ।




प्रतियोगितामा प्रथम हुने टिमले ४ हजार नगद सहित प्रमाणपत्र द्धितिय हुने टिमले ३ हजार नगद सहित प्रमाणत्र , तिृतीय हुनेले २ हजार नगद सहित प्रमाणपत्र र सान्तवतना हुनेले १ हजार नगद सहित प्रमाणपत्र पाउनेछ ।
भागेशवर गाउँपालिकामा रहेका सबै आधारभुत तहका विद्यालयको सहभागिता रहने आयोजकले जनाएकोछ । हाजिरी जवाफ प्रतियोगिता भागेश्वर गाउँपालिकाको सदरमुकाममा रहेको सरस्वती माध्यमिक विद्यालयमा हुनेछ ।
Views: 865

























