२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

रूबी हत्या प्रकरण( रिक्साको पाङ्ग्रा बिग्रिएपछि सुटकेस गुडाउँदै अघि बढेका थिए अभियुक्त

रौतहटः रौतहटमा गत शनिबार राति भएको माधवनारायण नगरपालिका(२ की २६ वर्षीया रूबी साहको हत्या योजनाबद्ध तरिकाले गरिएको एउटा जघन्य अपराधका रूपमा हेरिएको छ।

सुटकेसभित्र कोचेर शव फालिएको घट्नाले रौतहटबासी त्रसित छन्। आइतबार विहान बेवारिसे रूपमा रोडमा फालिएको सुटकेस खोलेपछि प्रहरी नै चकित बनेका थिए। शनिबार साँझ साढे ६ बजे आमा मिथिलेस देबीलाई रूबीले आफू ब्युटीपार्लर हिँडेको र घरमा केही सामान ल्यानुपर्छ कि पर्दैन भनेर फोन गरेकी थिइन्। आमा(छोरीबीचको त्यो संवाद नै अन्तिम बन्न पुग्यो।

साढे ६ आउँछु भनेकी छोरी नआएपछि ५९ वर्षीया आमा मिथिलेसले करिब ७ बजे रूबीलाई फोन गरिन्। सुरुमा फोन उठेन। पछि स्वीच अफ भएको मोबाइल हालसम्म पनि फेला परेको छैन। यसैबीच प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेसँगै केही तथ्य बाहिर आएको छ। गौर(५ स्थित घरमा डेरा गरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

ajayameru big
अनुसन्धानकै क्रममा सोमबार प्रहरीले एक इ(रिक्सा चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। सोधपुछका क्रममा चालक राजकुमार महराले दिएको बयानअनुसार उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट इ(रिक्सा बुक गरेको र उक्त सुटकेस राखेर पासवान बरहवा पुलपारि पुगेका थिए। पुलपारि पुगेपछि इ(रिक्साको पाङ्ग्रा बिग्रिएपछि चालकले अर्को इ(रिक्सा बोलाउने प्रयास गरेका थिए। महराले प्रहरीलाई बताएअनुसार, सुटकेस बोकेका ती व्यक्ति अर्को रिक्सामा जान मानेनन् र सुटकेस लिएर पैदल नै अघि बढेको रिक्सा चालक महराले प्रहरीलाई बयान दिएका छन्।

सोही अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौर(५ को बालमन्दिर पछाडि रहेको एक घरमा रूबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला परेको छ। प्रहरी स्रोतका अनुसार उक्त घटना घटेको दिनदेखि नै पासवान सम्पर्कविहीन भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

रूबीको शव भेटिए पनि मोबाइल फोन फेला परेको छैन। रूबीले प्रयोग गर्ने नेपाली र भारतीय फोन नम्बरसहितको मोबाइल आइतबार १२ बजेतिर केहीबेरका लागि अन भएको प्रहरीले जनाएको छ।

bhageswar  big

रूबी आफ्ना चार वर्षीय छोरासँगै केही समयदेखि आमासँगै डेरामा बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको र यहाँबाट मात्र सम्भव नदेखिएर काठमाडौंबाट समेत सिआईबीको टोली मगाउन पत्राचार गरिएको छ।

– Annapuranpost

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।