डडेल्धुरा– जिल्लाको आलिताल गाँउपालिका वडा नंम्बर– २ को उणीकोटमा आईतबार एक कार्यक्रमका बिच अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठको उपस्थितीमा बरिस्ठ हबल्दार गङ्गा बहादुर बोहरा ज्यु को नेतृत्व मा ५ सदस्यीय नेपाल प्रहरीको टिमले उणीकोटमा स्थापना गरिएको अस्थाई प्रहरी पोष्टमा खटिई जिम्वेवारी लिएका छन् । अस्थाई प्रहरी पोष्टको औपचारिक उद्घाटन केही समय पछी सुदूरपश्चिम प्रहरी प्रमुख डि.आई.जि.डम्बर बहादुर बि.क.को प्रमुख आथ्तियतामा गर्ने योजना रहेको रहेको वडा नंम्बर –२ का अध्यक्ष प्रमोद बहादुर मल्लले बताउनु भयो ।



लामो समयको प्रयास पछी वडामा अस्थाई प्रहरी पोष्ट स्थापना गर्न सफल भएको बताउदै आलिताल २ का अध्यक्ष प्रमोद बहादुर मल्लले अस्थाई प्रहरी चौकी उणिकोट ले यहाँका जनताको शान्ति सुरक्षा लगाएत समाजमा भई राखेका विभिन्न बिकृती बिसङ्गती नियन्त्रण हुने कुरामा बिश्वास लिएको बताउनु भयो ।
धेरै पहिले उणीकोड क्षेत्रमा प्रहरीको पोष्ट रहेको भए पनि पछिल्लो समय गैरा बजार नजिक रहेको चप्परचानी अस्थाई प्रहरी पोष्ट बाट आलिताल गाँउपालिकाको वडा नंम्बर – १ र २ हेर्ने व्यवस्था भएकोमा वडा नंम्बर– २ को उणीकोटमा स्थापना भएको प्रहरी पोष्टले यस क्षेत्रको शान्ति शुरक्षामा सहयोग पुग्ने वडा अध्यक्ष मल्लले बताउनु भयो ।

























