२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

डडेल्धुरामा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

डडेल्धुराः जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज श्रावण २९ गते बिहीबार देखि श्रावण ३१ गते शनिबारसम्म सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा मौसम सामान्य भन्दा बदलिने र कतिपय स्थानमा मध्यम देखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आज एक सुचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

No description available.

 

वर्षासँगै पहिरो, बाढी तथा नदी कटानजस्ता विपद् घटना हुने जोखिम बढ्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन प्रशासनले अनुरोध गरेको छ। यस्तै, विपद् व्यवस्थापनमा संलग्न निकायहरूलाई आवश्यक पूर्वतयारीसहित प्रभावित हुन सक्ने स्थानमा तत्काल तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

प्रशासनले कुनै पनि आकस्मिक घटना भएमा तत्काल सम्बन्धित स्थानीय तह र स्थानीय सुरक्षाकर्मीलाई जानकारी दिन समेत सबैलाई आग्रह गरेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।