डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा प्रत्येक तीन वर्षमा ‘जोगेनी जाँत’ हुने गर्दछ । यस क्षेत्रकै प्रसिद्ध ‘जोगेनी जाँत’ को रुपमा पनि यसलाई लिईन्छ मेलामा सुदूरपश्चिमका सबै जिल्ला बाट भक्तजन आउने गर्दछन् भने उता छिमेकि मुलुक भारत बाट पनि भक्जन आउने गर्छन ।



गाडीमार्फत जिल्ला सदरमुकाम डडेल्धुराबाट तीन देखि चार घण्टामा पुग्न सकिन्छ। यस जाँतलाई ‘चौंसठ्ठी माता’ को रूप पनि भनिन्छ। यस जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन्। जसमा मुख्य चौलो कोटेउडाको चौलो हुन्छ भने अरू चौलाहरूको पनि हुने गर्दछन्। जसमा ‘पड चौलो’, ‘नौतडी चौलो’, ‘विस्तडी चौलो’ र ‘तल्ली रुपालको चौलो’ हुन्छन्।अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिइरहेका हुन्छन्। उक्त जात्रामा जातीय भेदभाव हुँदैन। किरियामा बसेका या रजस्वला भएका महिलाहरू पनि यो जात्रामा जान पाउँछन्।
सबै स्थानीयहरू जोगेनी डाँडा (जात्रा हुने स्थान) ठाँउमा बिहानै देखि जात्रा हेर्न आउने गर्दछन् भने चौलो खेल्नेहरूलाई जब देवताले अनुमति दिन्छन् त्यसपछि चौसठ्ठी माता खुशी हुन्छिन र चौलो खेल्नेहरू पनि खुसीका साथ जोगेनी डाँडा तर्फ जान्छन्।
जाँतमा यँहाका पुजारिले कुखुरा र बोकाको बली लिने गर्दछन् । मुखले नै पहिला बोको र कुखुरालाई काटने गर्छन त्यसपछि त्या भएका ३६४ ढङगामा मासुका चोक्टा राख्ने गर्दछन् । उता मालुका पातमा ३६४ भाग गरेर रजहुँको रोटि राख्ने गर्दछ । त्यति बेलाका लागि चलो त्यो घेरा भन्दा बाट बाहिर हुने र रोटि टिपिसकेपछि चलो उक्त मुख्य स्थानमा खेल्ने चलन रहेको छ । उक्ल घेरामा जहँको धुलो र महाकालीको रातो माटो हाल्ने गरिन्छ ।
यस जाँतमा हरेक घरका मानिसहरु अनिवार्य रुपमा आउने गर्छन् । रोचक कुरा त के छ भने यस जाँतमा महिनाबारि भएका महिलाहरु आउने गर्छन भने मेलाको पुजारि दलित थरका रहेका हुन्छन् ।

























