२०८२ फाल्गुन २४ आईतवार
२०८२ फाल्गुन २४ आईतवार

अजयमेरु गाउँपालिकाको सार्वजनिक सुनवाई सम्पन्न

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाको गत आर्थिक वर्ष २०८१। ८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा कार्यान्वयन गरेका योजना तथा कार्यक्रमहरूको बार्षिक लक्ष्य तथा प्रगति, आय व्यय विवरण, प्रभाव तथा उपलब्धीहरु र गाउँपालिकाबाट बर्षभरि प्रवाह गरिएका सेवाहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत ओझाले गाउँपालिका लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको बताए । कार्यक्रममा सहभागी सेवाग्राहीहरूले सुझाव तथा जिज्ञासाहरू राखेका थिए । अधिकांश सहभागीहरूले गाउँपालिका जोड्ने मुख्य सडक र अन्य ग्रामीण सडकसम्बन्धी प्रश्न गरेका थिए । भद्रपुर लिफ्ट खानेपानी योजना, डागेश्वरी लिफ्ट खानेपानी योजना, गाउँँपालिकाको प्रशासकीय भवन, आधारभुत अस्पताल निर्माणमा भएको ढिलासुस्तीका बारेमा जिज्ञाशा राखेका थिए ।

विज्ञापन
विज्ञापन

कार्यक्रममा उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी, जनप्रतिनिधि, कृषक, उपभोक्ता समिति, निर्माण व्यवसायी, विषयगत शाखा, वडा कार्यालय तथा शहीद परिवारलाई सम्मान गरिएको थियो । शुक्रबारनै गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२।८३ का लागि कार्य सम्पादन जिम्मेवारी हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत ओझाले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।