डडेलधुराः प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, डडेलधुरा शाखाले नेपाली परम्परा अनुसार साउन १५ गते ‘खिर खाने दिवस’मनाएको छ। दिवसको अवसरमा डडेल्धुरा शाखाका उतकृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।
डडेल्धुरा शाखा प्रमुख सिद्धराज फुलाराको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला भित्रका सक्रिय अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूबीच अनुभव आदान–प्रदान तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी छलफल गरिएको थियो।



कार्यक्रममा अभिकर्ता खेम बिष्टले बोल्दै शाखाको सक्रियता, अभिकर्ताप्रति देखाइएको सम्मान तथा यस्ता प्रेरणादायी कार्यक्रमहरूको सराहना गर्दै धन्यवाद व्यक्त गरेका छन्।
कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई कदरपत्रसहित सम्मानसमेत गरिएको छ। सम्मानले अभिकर्ताहरूमा थप उत्साह र जिम्मेवारीको भावना जागृत गराएको सहभागीहरूको भनाइ छ।
शाखा प्रमुख फुलाराले सम्बोधन गर्दै अभिकर्ताहरूको मेहनत र समर्पणप्रति प्रशंसा व्यक्त गरेका थिए। “यस्ता कार्यक्रमहरू परम्पराको जगेर्ना मात्र नभई सहकार्य, सम्मान र प्रेरणाको सन्देश पनि हुन्,” फुलाराले भने।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक गतिविधि र खिरको विशेष परिकारको समेत विशेष व्यवस्था गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरू भविष्यमा पनि नियमित रूपमा आयोजना गर्नुपर्ने माग राखेका छन्।

























