२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

सुदूरपश्चिम प्रदेशमा विपतमा परेर ४० जनाको मृत्यु

डडेल्धुराः सुदूरपश्चिम प्रदेशमा विपतका घटनामा एक वर्षमा ४० जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०८१÷८२ मा १९ पुरुष र २१ महिलाले विपत्को घटनामा ज्यान गुमाएका हुन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चट्याङमा सबैभन्दा बढी ११, पहिरोमा सात, बाढीमा छ जनाले ज्यान गुमाएका छन्।

यसै गरी जनावर आक्रमणबाट चार, आगलागीबाट तीन, हावाहुरीबाट एकलगायत अन्य घटनामा छ जनाले ज्यान गुमाएका जनाइएको छ । यस अवधिमा ८८ पुरुष र १११ महिला गरी १९९ जना घाइते भएको केन्द्रको बुलेटिनमा उल्लेख छ। २०८१ साउन १ देखि असार ३२ गतेसम्म प्रदेशमा ७९७ वटा विपत्का घटना भएका थिए। घटनामा दुई हजार ३८० परिवार प्रभावित भएका छन्।

यसै गरी १७२ घरमा आंशिक र १०७ घरमा पूर्ण क्षति भएको जनाइएको छ। विपत्का घटनाबाट १०१ गोठ र ४८२ चौपायाको क्षति भएको बुलेटिनमा उल्लेख छ। विपत्का घटनाका कारण वर्षभरिमा ३७ करोड १८ लाख रुपियाँ बराबरको क्षति भएको जनाइएको छ।

यसै बिच प्रदेशवासीलाई मनसुनजन्य विपत्बाट जोगाउन र हुन सक्ने क्षति न्यूनीकरणका लागि मन्त्रालयले प्रदेश विपत् प्रतिकार्ययोजना तयार पारेको छ। मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण काम गरेर तयार भएको र समितिबाट पारित हुन मात्रै बाँकी रहेको सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताए।

उनले छिटै नै समितिमा लगेर पारित गरिने बताए। सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपत्बाट दुई लाख २७ हजार ७३० जना प्रभावित हुने प्रक्षेपण गरिएको छ। यसै गरी ४२ हजार ११२ घरधुरी प्रभावित हुने जनाइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।