२०८२ माघ २५ आईतवार
२०८२ माघ २५ आईतवार

टिकेश्वरी र ओम प्रकाशको संर्घषको कथाः छोराछोरि लाई डाक्टर बनाउने सपना

डडेल्धुराः तपाई डडेल्धुरामा आउनु भएकोछ भने यो जोडि लाई पक्कै पनि देख्नु भएको होला । सुदुर पहाडको मुखय बजार क्षेत्र बागबजार छेउमै मकै बेच्ने अंकल आन्टीको नामले चिनिन्छ यो जोडिलाई । उनीहरुको दैनिकि नै मकै, बदाम, केरा र फलफुल बेच्ने बनेकोछ । तराई र पहाडका विभिन्न क्षेत्रबाट सामन ल्याउने र डडेल्धुराको फुटपातमा बेच्ने उनको दैनिकि नै बनेछ ।
सटर भाडामा लिनुका लागि आर्थिक अभाव भएपछि उनीहरु बागबजार क्षेत्रको सडक छेउमा व्यापार गर्न सुरु गरेका हुन् । ७ साल अधि ओम प्रकासले भारतमा करिब ६ बर्ष रोजगारी गरेका थिए । भारतको दुखः पडिालाई देखेर उनले आफ्नो गाउमै केहि गर्ने सपना बोकेर भारतको यात्रा छोडि गाउँमा फर्के , सुरुमा उनले गाउँमा किराना पसल संञ्चालन गरे , गाँउमा मानिसहरु बसाईसराई सार्दै गए , व्यापार पनि मन्द हुर्दै गयो उनले त्यहा सम्भावना नदेखेपछि डडेल्धुरा सदरमुका जाने निधो गरे । उनी बजार आएको अहिले ६ बर्ष बढि भयो । उनलाई उनकी पत्नी (टिकेश्वरी) ले पनि निकै साथ दिएकी छिन् ।
दुबै जना सडक पेटिमा व्यापार गर्न थालेको ६ बर्ष बढि भयो , उनीहरु नगएको कुनै मेला, महोत्सव छैन् , उनको व्यापार सैली घुम्न्ते व्यापार शैली छ । उनीने डडेल्धुरा सदरमुकाममा एउटा सानो कोठा भाडामा लिएर बस्छन्। कोठालाई गोदामको रुपमा पनि प्रयोग गर्दै आएका छन् । टिकेश्वरीका एक छोरा र एक छोरी छन्। छोरा कक्षा ६ मा र छोरी यूकेजीमा माउन्टेन बोर्डिङ स्कुलमा पढ्दै छन्। टिकेश्वरीको एउटै सपना छ आफ्ना छोराछोरीलाई डाक्टर पढाउने।

उनको आम्दानीको स्रोत मकै र बदाम बिक्री नै हो। दैनिक ३ हजार रुपैयाँ बराबरको मकै किनेर उनीहरू ५। ६ हजार रुपैयाँसम्म को बिक्री गर्छन । श्रीमान् ओमप्रकाशले पनि टिकेश्वरीलाई पूरै साथ दिन्छन्। चैतदेखि असोजसम्म मकै र असोज देखि फागुनसम्म बदाम बेच्छन् भने डडेल्धुरामा हुने मेला महोत्सब सबै ठाउँमा उनीहरु पुग्ने गर्छन । उनीहरूले आफ्नो घर खर्च चलाउँछन्, 

उनको आफनो गाउँमा जग्गाजमिन छैन। पुरानो घर भत्किसकेको छ र ससुरा पनि बितिसकेका छन्। सासू मानसिक रोगी भएकाले उनी अहिले गाउँमै बस्दै आएकी छिन्। टिकेश्वरीले गाउँमा बस्ने योजनाका साथ उखु पेल्ने मेसिन र बाख्रा पालनका लागि अनुदानका लागि गाउँपालिकामा पटकपटक अनुरोध गरिन तर कसैले सुनुवाइ नगरेको उनको गुनासो छ। खुल्ला आकाशमा पानी पर्दा छाता र जस्ताका पाताले छेक्छु,ू उनी भन्छिन्, यो भनाइले उनको संघर्षपूर्ण जीवनलाई थप प्रस्ट्याउँछ।

टिकेश्वरीको अनुहारमा घामले डढेको कालोपन र हातमा मकै पोल्दा लागेका दाग छन् तर, उनका आँखामा भविष्यका लागि एउटा चम्किलो सपना छ। उनले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिएर डाक्टर बनाउने लक्ष्य लिएकी छिन्।

खुला आकाशमुनि, चर्को घाम र पानीको परवाह नगरी, टिकेश्वरी आफ्नो परिवारको उज्वल भविष्यका लागि दैनिक संघर्ष गरिरहेकी छिन्। उनको यो संघर्षले डडेल्धुराको भीमदत्त चोकमा एउटा प्रेरणादायी कथा बुनिरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।