२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

डडेल्धुरामा १ बर्षमा सवारी दुर्घटना बाट १४ जनाले गुमाए ज्यान

डडेल्धुराः पछिल्लो एक वर्षमा डडेल्धुरामा ७७ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनाहरूमा १४ जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक हर्कबहादुर साउदले बताउनु भयो । मृत्यु हुनेमध्ये ६ जना पुरुष, ६ जना महिला र २ जना बालबालिका रहेका छन्।
यस्तो छ जरिवाना संकलनः १५ लाख ४३ हजार १ रुपैयाँ राजश्व संकलन
कार्यालय प्रमुख साउदका अनुसार कार्वाही पर्नेमा सबैभन्दा धेरै जिप तथा कारले ट्राफिक नियम उल्लङ्घन गरेका छन्। १ हजार ६१ वटा जिप÷कारहरूबाट मात्रै करिब ७ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ यस्तै ट्रकबाट २ लाख ३० हजार पाँच सय, मोटरसाइकलबाट १ लाख ९५ हजार पाँच सय एक, ट्याक्टरबाट १ लाख ११ हजार पाँच सय, बसबाट ७९ हजार र अन्य सवारीसाधनहरूबाट २ लाख पाँच हजार पाँच सय राजस्व सङ्कलन भएको ट्राफिक कार्यालयको तथ्याङ्क छ। आर्थिक वर्ष २०८१÷०८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १४३ सवारी साधनहरूलाई कारबाही गरी १५ लाख ४३ हजार १ रुपैयाँ राजश्व संकलन भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार १४३ वटा सवारी साधनहरूलाई कारबाही गरेको छ। कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक हर्कबहादुर साउदले नियम उल्लङ्घन गर्नेहरूबाट १५ लाख ४३ हजार एक रुपैयाँ राजस्व सङ्कलन गरिएको बताउनुभयो। ट्रक, बस, जिप÷कार, ट्याक्टर, मोटरसाइकलदेखि अन्य सवारी साधनहरूले नियम उलङ्घन गरेपछि उनीहरूलाई जरिवाना तिराइएको हो।

यस्तो छ दुर्घटनाको कारणः
जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, नियम उल्लङ्घन र चालकको लापरबाही रहेको पाईएको छ।

दुर्घटना न्युनिकरणका लागि यस्ता प्रयासहरु गरिएः
ट्राफिक प्रहरीले विभिन्न विद्यालय, यातायात व्यवसायी र सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।