२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

नेपाल आइडलको फाइनल आज

एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को आज फाइनल प्रतियोगिता हुँदैछ । सिजन ३ अन्तर्गतको यो रियालिटी शोको फाइनल चैत्र महिनामै सकिने भए पनि कोरोना भाइरसका कारण पछाडि धकेलिएको थियो ।

एपिवान टेलिभिजनबाट आज बेलुका ८ बजे लाइभ प्रसारण हुने यो रियालिटी शो मा उत्कृष्ट ३ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन् ।

लकडाउनका कारण रोकिएको यो कार्यक्रम केही खुकुलो हुनासाथ पुनः शुरु गरिएको थियो । उत्कृष्ट ३ मा पर्न सफल महोत्तरीका किरण भुजेल, मोरङकी सज्जा चौलागाईं र बर्दियाका प्रवीण भेटवालबीच प्रतिस्पर्धा हुनेछ ।

गतवर्ष नेपाल आइडलले एउटा छुट्टै किसिमको माहोल सिर्जना गर्ने गरेको थियो । यसपटक भने कोरोना भाइरसका कारण शोले त्यति चर्चा कमाउन सकेको छैन । आज (शुक्रवार) हुने कार्यक्रममा थोरै दर्शक र फाइनल प्रतिस्पर्धी मात्र रहने जनाइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।