डडेल्धुरा: डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुको रुपमा नै कायम गर्न डडेल्धुरा अस्पतालले स्वास्थ्य बिमा बोर्ड लाई पत्र लेखेको छ । पत्रमा लेखिएकोछः उपरोक्त बिषय सम्बन्धमा हाल सम्म यस डडेल्धुरा अस्पतालले स्वास्थय बीमा कार्यक्रम अन्र्तगत प्रथम सेवा बिन्दुको रुपमा सेवा प्रदान गर्दै आईरहेकोमा हालैसाल उक्त सेवा बिन्दु बाट हटाईएको जानकारि प्राप्त भएकोछ । यसबाट सेवा प्रवाहमा अवरोध पर्नुका साथै बीमित सेवाग्राहिहरु मार्कामा परेका छन् । प्रथम सेवा बिन्दु बाट सेवा लिन निकै टाढा पर्ने भएकाले उपभोगकर्ताहरुको संख्या समेत उल्लेखनीय बृद्धि भईरहेको अवस्थामा यसलाई प्रथम सेवा बिन्दु बाट हटाइनु उपयुक्त नदेखिएकाले उक्त निर्णय पुनविचार गरि यस अस्पताललाई यथासिग्र प्रथम सेवा बिन्दुमा पुनः कायम गरिदिनु अनुरोध छ ।




यस अधिको समचारमा फरक पर्न गएकोमा सच्याईएकोछ

























