डडेल्धुराः स्वास्थ्य बीमा बोर्डले डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएको छ । बीमा बोर्डले प्रथम सेवा बिन्दुमा नराखेपछि डडेल्धुरा अस्पतालले त्यस प्रकारको सेवा प्रदान गर्न नसकिने सएक सुचना मार्फत जानकारि गराएकोछ ।
सुचनामा लेखिएकोछः
उपरोक्त सम्बन्धमा स्वास्थ्य बीमाले यस डडेल्धुरा अस्पताल डडेल्धुरालाई प्रेषण केन्द्रको रुपमा मात्र सूचिकृत गरेको हुँदा साउन १ गतेदेखि यस अस्पतालले प्रथम सेवा बिन्दुको रुपमा सेवा प्रवाह गर्न नसकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ ।



प्रथम सेवा बिन्दु बाट रेफरलपत्र ल्याए मात्र सेवाग्राहिले सेवा पाउनेः
डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइएसंगै साउन १ गतेदेखि प्रथम सेवा बिन्दुबाट सिफारिस लिएर आएका बीमित बिरामीहरूले मात्र डडेल्धुरा अस्पतालमा बीमा सुविधा पाउने छन् । डडेल्धुरामा प्रथम सेवा बिन्दु जोगबुढा अस्पताललाई राखिएको छ ।

























